विश्व पौडेललाई गभर्नर बनाउने तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त हुने लगभग पक्का भएकाे छ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भएको छलफलमा पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सहमति जुटेको हाे। अहिले गभर्नर छान्न सिफारिस समितिको बैठक बसेको छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. विश्वनाथ पौडेल यसअघि गभर्नर सिफारिस समितिमा थिए । कांग्रेसले गभर्नरका लागि अघि उनलाई अघि सारेपछि सिफारिस समितिबाट राजीनामा दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here