काठमाडौं । बुधबार एकैदिन सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपालमा प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ पुगेकाे छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९४० रुपैयाँमा रहेको चाँदी आज १९९० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएकाे छ ।