कृषि विकास बैंकले आकर्षण व्याजदरमा ऋणपत्र निष्काशन गर्दै

काठमाडौं, ६ कात्तिक । कृषि विकास बैंक लि.ले आकर्षण व्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ । १०.३५ प्रतिशत व्याजदरमा २ अर्व ५० करोड रकम बरावर को २५ लाख कित्ता ऋण पत्र जारी गर्न लागेको हो ।

ऋण पत्र जारी गर्ने कार्यको लागि कृषि विकास बैंक र एनआई विएल एस क्यापिटल लि.बीच सम्झौता भएर काम अगाडी बढी सकेको छ ।

‘एडिविएल कृषि विकास बैंक लि.२०८३’ नाम दिइएको ७ वर्षे ऋणपत्र (डिवेन्चर) १०.३५ प्रतिशत व्याजदरमा जारी गर्नका लागि नेपाल राष्ट्र बैंकबाट समेत स्वीकृती प्राप्त भै सकेको छ ।

अन्य नियमक निकायबाट आवश्यक स्वीकृत तथा कागजात तयार गरी आम नेपाली नागरीकका लागि सरकारी बैंकद्धारा ऋणपत्र (डिवेन्चर) छिट्टै जारी हुन लागेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here