माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी बिच एकता

नेसपाका नेता गंगानारायण श्रेष्ठ १० वर्षपछि माओवादीमा फर्किएका हुन् ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठ नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकता भएको छ। नेसपाका नेता गंगानारायण श्रेष्ठ १० वर्षपछि माओवादीमा फर्किएका हुन् ।

२०७२ असोज ९ गते डा. बाबुराम भट्टराईसँगै श्रेष्ठ पनि माओवादीबाट अलग भएका थिए । ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा प्रचण्ड र श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरे ।

माओवादी र महिन्द्रराय यादव नेतृत्वको नेसपाबीच २०८० जेठ ३ गते पार्टी एकता गर्ने लिखित सहमति भएको थियो । पूर्वसहमति अनुसार माओवादी केन्द्रसँग एकता गर्नबाट तत्कालीन अध्यक्ष महिन्द्र राय यादवपछि हटेपछि श्रेष्ठ एकताको प्रक्रियामा अघि श्रेष्ठ अघि बढेर आज माओवादी केन्द्रसँग एकता गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here