काठमाडौं । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३१ औंपटक सगरमाथा आरोहण गरेका छन् । ५५ वर्षीय शेर्पाले मंगलबार बिहान ४ बजे सगरमाथाको शिखरमा पुगेर यसअघि आफ्नै कीर्तिमान तोडेका हुन् ।
गत वर्ष शेर्पाले २९ र ३० औं पटक आरोहण पूरा गरेका थिए । उनी शेर्पा गाइडको रुपमा कार्यरत छन् ।