सामान्य बढ्याे नेप्से, घट्यो कारोबार

काठमाडौं । अघिल्लो दिन ५ अंक घटेको सेयर बजार आज सामान्य बढेको छ ।

आज नेप्से ०.८५ अंक बढ्दा २६७५.६२ अंकमा कायम भएको छ । यता कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ७ अर्ब ५८ करोडको कारोबार भएकोमा आज ६ अर्ब ५२ करोडको भयो ।

मंगलबार काराेबारमा आएकामध्य ८५ कम्पनीको मूल्य बढ्दा १६१ को घटेकाे छ। विकास बैंक समूह सबैभन्दा धेरै १.६६ प्रतिशत बढेकाे हाे। त्यस्तै बैंक ०.४०, हाइड्रोपावर ०.१४, उत्पादन ०.२९ तथा व्यापार समूह ०.९५ प्रतिशत बढेका छन् ।

फाइनान्स ०.६१, लगानी ०.२६, जीवन बीमा ०.५४, माइक्रोफाइनान्स १.१३, निर्जीवन बीमा ०.५५, होटल तथा पर्यटन ०.०९ तथा अन्य समूह ०.२० प्रतिशत घटेका छन्।

आज पाँच कम्पनीको मूल्य १० प्रतिशत बढेकाे छ। त्यस्तै कर्पाेरेट डेभलपमेन्ट बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स, ग्रिन डेभलपमेन्ट बैंक, भूगोल इनर्जी र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here