प्रतिनिधिसभाको बैठक भाेलि बिहान ११ बजेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । संसद् सचिवालयले सूचना टाँसेर भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएकाे हो ।

भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै विपक्षी दलले आजको बैठक अवरा्ध गरेका हुन्। त्यस्तै गृहमन्त्री रमेश लेखकको राजीनामा समेत माग गरेका छन्।

बैठकको अवरोध खुलाउन सभामुख देवराज घिमिरले सत्ता र प्रतिपक्षी दलबीच सहमतिको प्रयास गरेका थिए । तर, उनको प्रयास सफल हुन नसकेपछि आजको बैठक स्थगित गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here