काठमाडौं । बुधबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै अवरोध भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक २ घण्टा ढिलो गरी सुरु भएको हो ।
सभामुख देवराज घिमिरेले आजको बैठकको कारबाही प्रारम्भ हुन्छ भन्ने बित्तिकै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरेका हुन्।
मंगलबार पनि विपक्षि दलका सांसदले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै अवरोध गरेका थिए ।





















