काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से १७.४४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २६९३ अंकमा कायम भएको छ । आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५८ करोडको भयो । आज कारोबारमा आएका १४८ कम्पनीको मूल्य बढ्दा ९७ को घट्यो भने २ को स्थिर रह्यो ।
सेयर बजारमा सबैभन्दा प्रभाव पार्ने बैंकिङ सबैभन्दा धेरै १.८८ प्रतिशत बढेकाे हाे । त्यस्तै आज विकास बैंक १.२९, फाइनान्स ०.१८, होटल तथा पर्यटन ०.८१, हाइड्रोपावर ०.८९, लगानी ०.०३, उत्पादन तथा प्रशोधन ०.६५ प्रतिशत बढे । यता जीवन बीमा ०.२४, माइक्रोफाइनान्स ०.२६, निर्जीवन बीमा ०.२६ तथा अन्य समूह ०.०६ प्रतिशत घटेका छन् ।
बुधबार ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढेकाे छ । त्यस्तै ग्रिन डेभलपमेन्ट बैंकको ९.८५, भूगोल इनर्जीको ९.१५, अरुण काबेली पावरको ५.८९ प्रतिशत मूल्य बढ्यो ।



























