राष्ट्रिय सभामा गृहमन्त्री रमेश लेखकको राजीनामा माग

काठमाडौं । राष्ट्रिय सभामा गृहमन्त्री रमेश लेखकको राजीनामा माग भएको छ ।

बुधबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद गोपीबहादुर अछामीले राजीनामा माग गरेका हुन् । उनले अध्यागमनमा भएको ठूलो मानव तस्करीमा गृहमन्त्री लेखक जोडिएको आरोप लगाएका छन्।

पछिल्लो घटनाका कारण अन्तर्राष्ट्रिय स्तरमै नराम्रो सन्देश गएकाे भन्दै राजीनामा दिएर अनुसन्धानको लागि मार्गप्रशस्त गर्नुपर्ने बताएका हुन् ।

‘अध्यागमनमा भर्खरै ठूलो मानव तस्करीको घटना घट्यो । यसमा गृहमन्त्री आफैं मुछिएको घटना बाहिर आएको छ, उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here