शेयर बजारमा सुधार, नेप्से साढे ७ अंकले बढ्दा साढे १६ करोडको कारोबार

काठमाडौं, ६ कात्तिक । शेयर बजारले सुधारको बाटो लिएको छ । बुधवार नेप्से परिसूचक ७.७९ अंकले बढेर १ हजार १ सय ४२.६० अंकमा पुगेको छ । यो संख्या अघिल्लो दिनको तुलनामा ०.६९ प्रतिशत बढी हो ।

बुधवार सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । ‘क’ वर्गको सूचक मापक सेन्सेटिभ इन्डेक्स १.६८ अंकले बढे २ सय ५०.१७ अंकमा पुगेको छ ।

बुधवार १ सय ५३ कम्पनीको ६ लाख ४ हजार ७ सय २८ कित्ता शेयर किनबेच हुँदा १६ करोड ३७ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

बुधवार कारोबारमा आएका सबै समुहको सूचक बढ्यो । सबैभन्दा धेरै जलविद्युत समुहको सूचक बढ्यो । जलविद्युतको सूचक १.७३ अंकले बढ्यो । त्यस्तै होटल समहुको १.२३ प्रतिशत, सामुहीक लगानी कोषको १.०९ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

बुधवार सबैभन्दा धेरै नेको इन्स्योरेन्स कम्पनीका शेयर धनीले कमाए । इन्स्योरेन्सको शेयर मूल्य ६ अंकले बढ्यो । त्यस्तै, हिमालयन पावर पार्टनरको ५.५० प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा दिव्यश्वरी हाइड्रोपावरका शेयर धनी छन् । हाइड्रोवारको शेयर मूल्य ५.३५ प्रतिशत बढ्यो ।

बुधवार सबैभन्दा धेरै कारोबार गर्नेमा प्रभु बैंक रहेको छ । बैंकले २ करोड ७२ लाख १६ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here