उपत्यकामा करिव ८०० ट्राफिक प्रहरी परिचालित

काठमाडौं । आज उपत्यकामा झण्डै ८ सय ट्राफिक प्रहरी परिचालन गरिएको छ । गणतन्त्र दिवसको दिन नेकपा एमाले र राजावादीहरुले गर्ने छुट्टाछुट्टै प्रदर्शनको क्रममा सवारी आवागमनको व्यवस्था मिलाउन ८ सय ट्राफिक प्रहरी परिचालन गरिएको हाे।

एमालेल ११ बजेदेखि करिब साढे २ बजेसम्म गणतन्त्र दिवसको दिन उत्सव मनाउन र राजावादीहरुले गणतन्त्र खारेज गरी राजसंस्था पुनर्स्थापनाको मागसहित प्रदर्शन गर्दैछन् । राजावादीहरुले त्यसलगत्तै प्रदर्शन गर्ने तयारी गरेका छन् ।

एमालेको साँस्कृतिक झाँकीसहितको प्रदर्शन भृकुटीमण्डपबाट सुरु भई शहीदगेट, बीर अस्पताल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डप आएर सम्पन्न हुने छ ।

त्यसैगरी राप्रपा, राप्रपा नेपाल सहित राजावादी दल र संस्थाहरुले रत्नपार्क–शान्तिबाटीका क्षेत्रमा प्रदर्शन गर्दैछन् ।भृकुटीमण्डप र शान्तिवाटिका क्षेत्रको सवारी डाइभर्टगरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here