पूर्वराजा शाहलाई चुनावी प्रतिस्पर्धाबाट जनताको मत जितेर शासनमा आउन माधवकुमार नेपालकाे सुझाव

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनावी प्रतिस्पर्धाबाट जनताको मत जितेर शासनमा आउन सुझाव दिएका छन् ।

गणतन्त्र दिवसको अवसरमा एकीकृत समाजवादीले बिहीबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् । नेपालले
भने ‘चुनावी प्रक्रियामा गएर जनताको मन जितेर आए हुन्छ । प्रधानमन्त्री बने पनि हुन्छ,’ ‘ज्ञानेन्द्र शाह शासनमा फर्कने अर्को बाटो छैन ।’

पूर्वप्रधानमन्त्री नेपालले मुलुक अब वंश परम्परामा फर्कन पनि नसक्ने बताए । उनले भने, ‘गणतन्त्रको विकल्प राजतन्त्र होइन । बाबु भएन भने छोरा, छोरा भएन भने नाति, अब कुनै दिन पनाति जन्माएर त्यसलाई राजा बनाइदिऊ भन्ने कुरा आउँला । हामीलाई वंशको शासन चालिएको छैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here