चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत पुग्ने

काठमामडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष ४.६१ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त हुने जानकारी गराएका छन् । २०८१/८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा पेस गर्दै यस्तो बताएका हुन् ।

मधेश, कोशी, सुदूरपश्चिम बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने उनले जानकारी दिए ।

त्यस्तै अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने उनले बताए । चालु आवमा मुद्रास्फीति ४.७२ प्रतिशत रहने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here