सुन तथा सुनका गरगहनाको मूल्यमा विलासिता शुल्क लाग्ने

काठमाडौं । अब हरेक रकमको सुन तथा सुनका गरगहनाको मूल्यमा विलासिता शुल्क लाग्ने भएको छ ।

१० लाखभन्दा माथिको सुनको गरगहन, हिरा, मोतीजडित सुनका गरगहनामा २ प्रतिशत विलासिता शुल्क लाग्दै आएको छ ।

तर, आगामी आव २०८२/८३ को आर्थिक विधेयकमा सुनको गरगहना बिक्रीमा २ प्रतिशत विलासिता शुल्क तोकिएको हाे ।