नयाँ प्लग-इन हाइब्रिड पिकअप ट्रक ‘Riddara RD6 EM-P’ नेपाल भित्रीदै

काठमाडौं। । नेपाल- चीनको प्रमुख अटोमोबाइल निर्माता गील्यले आफ्नो नयाँ प्लग-इन हाइब्रिड पिकअप ट्रक रदर किङ इएम पी Radar King Kong EM-P चीनमा सार्वजनिक गरेको छ। अन्तर्राष्ट्रिय बजारमा Riddara RD6 EM-P नामले प्रवेश गर्ने यस ट्रक नेपालमा पनि उपलब्ध हुने जानकारी प्राप्त भएको छ।

यस पिकअप ट्रकमा 1.5-लिटर टर्बोचार्ज्ड इञ्जिन, 3-स्पीड डेडिकेटेड हाइब्रिड ट्रान्समिशन (3DHT), तथा दुई इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले २६० kW (349 hp) सम्मको शक्ति र ९१४ एनएम टर्क प्रदान गर्दछ।

अर्काे मुख्य विशेषता १९.०९ किलाेवाट एफपी ब्याट्री तथा ६०-लिटर इन्धन ट्याङ्क हो, जसले १०६८ किमी सम्मको मिश्रित दूरी सुनिश्चित गर्दछ।

गील्यका अनुसार यस ट्रकले १००० किलोग्राम सम्मको लोड बोक्न सक्षम छ। साथै, हिउँ, हिलो, अफ-रोड, तथा बालुवा ड्राइभ मोडहरू उपलब्ध छन्।

यसमा भीटुएल र भीटुभी जस्ता प्रविधिहरू समावेश छन्, जसले अन्य उपकरणहरू चार्ज गर्न वा शक्ति आपूर्ति गर्न मद्दत गर्छ।

नेपालको अटोमोबाइल बजारमा यस ट्रकको आगमनले विद्युतीय तथा हाइब्रिड सवारी साधनको विकासलाई थप प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here