कास्कीको मर्दी खोलाको ड्याममा डुबेर दुई बालकको मृत्यु

काठमाडौं । कास्कीको मर्दी खोलाको ड्याममा डुबेर दुई बालकको मृत्यु भएको छ । पोखरा महागनरपालिका–२५ हेम्जास्थित मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा बिहिबार दिउँसो पौने २ बजे डुबेर बेपत्ता भएका दुई बालक मृत भेटिएका हुन् ।

मृत्यु हुनेमा माछापुछ्रे गाउँपालिका–६ का १४ वर्षिय विशाल परियार र १३ वर्षिय विवश परियार रहेका छन्।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी नीरिक्षक दिपेन्द्र कटवालको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले करीव २० फिट गहिराईबाट बालकहरुको शव निकालिएको हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here