यातायात व्यवसायी र गृहमन्त्रीबीच छलफल

काठमाडौं । सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिएको विरोधमा देशव्यापी सार्वजनिक यातायात ठप्प बनाएका यातायात व्यवसायीका प्रतिनिधि र गृहमन्त्री रमेश लेखकबीच छलफल भइरहेको छ । गृहमन्त्रालयमा केहीबेर अघिदेखि दुई पक्षबीच छलफल सुरु भएको हो ।

सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको नाममा यातायात व्यवसायीहरुले आज एक दिन देशभर सार्वजनिक यातायातका साधन चलाएका छैनन् ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको विरोधमा देशभरका यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here