ताेलामै २९ सयले बढ्याे सुनकाे भाउ

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुन–चाँदीको मूल्य उच्च बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक हजार रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई हजार नौ सय रूपैयाँ बढेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको भाउ पनि बढेको छ। सोमबार प्रतितोला एक हजार नौ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला दुई हजार ४५ रूपैयाँमा किनबेच भइरहेको छ।