चिसो बढ्यो, कस्तो रहन्छ तीनदिनको मौसम ?

काठमाडौं,७ कात्तिक । देशभरको मौसममा बदलीभएसँगै चिसोपनि बढेको छ ।

मौसमविद्ले जनाए अनुसार अरब सागरको पूर्वीमध्य भागमा विकसित भएको न्यून चापीय प्रणाली र बंगालको खाडीमा उत्पत्ति भएको न्यूनचापीय प्रणालीको कारण मध्य, पूर्व पहाडी तथा पश्चिमको आधा भागको मौसममा बदली भएको हो

चिसोको मौसमको महिनाहरु आउन लागेकोले चिसो बढ्न स्वाभाविक नै भएको र अब यो क्रम जारी रहने मौसमविद् मिनकुमानर अर्यालले बताए ।

पछिल्लो २४ घण्टा काठमाडौंको अधिकतम तापक्रम २६.३ र न्यूनतम तापक्रम १२.४ पुगेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

कस्तो रहन्छ आगामी तीन दिनको मौसम ?

बिहिबार

दिउँसो : देशका मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमि पहाडि भेगका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमालि भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।

राती: देशका मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमि पहाडि भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमालि भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।

शुक्रबार

दिउँसो : देशका मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमालि भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।

राती: देशका मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमालि भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।

शनिबार

दिउँसो : देशभर आंसिक देखि सामान्य बदलि रही पहाडि भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंसिक देखि सामान्य बदलि रही पहाडि भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here