३५.७३ अंकले घट्याे सेयर बजार , बैंकिङमा उच्च गिरावट

काठमाडौं । मंगलबार नेप्से २६५८.९३ अंकमा पुगेर बन्द भएको छ। नेप्से परिसूचक ३५.७३ अंक घटेको छ । सो अंकको कमीपछि बजारका सबै सूचक घटेका छन् ।

बजारको गिरावटसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब २२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६७ करोडको भयो ।

आज ३४ कम्पनीको मूल्य बढ्दा २१४ को घट्यो । आज सबै सेक्टरका सूचक घटेका छन् । त्यसमा पनि बैंकिङ सबैभन्दा धेरै २.३४ प्रतिशत घट्यो ।

त्यस्तै विकास बैंक १.१४, फाइनान्स ०.८३, होटल तथा पर्यटन २.१२, हाइड्रोपावर ०.९६, लगानी १.२९, जीवन बीमा ०.७४, उत्पादन ०.०१, माइक्रोफाइनान्स १.२७, निर्जीवन बीमा ०.६८, अन्य ०.९८ तथा व्यापार समूह १.३७ प्रतिशत घटे ।

दुई कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । उपकार लघुवित्तको ५.५८, नारायणी डेभलपमेन्ट बैंकको ३.० प्रतिशत मूल्य बढ्यो ।

सप्तकोशी विकास बैंकको मूल्य सबैभन्दा धेरै ४.३८ प्रतिशत घट्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here