भिजिट भिसा प्रकरणबारे संसदमै जबाफ दिने

काठमाडौं। गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जबाफ दिने बताएका छन्।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग गरेकाे प्रश्नको जवाफ दिदै यस्ताे बताएका हुन्।

उनले सबै सांसदहरूले जबाफ नपाउने भएकाले संसदमै जबाफ दिने गरी व्यवस्था मिलाइदिन समिति सदस्यहरूसँग आग्रह गरेका हुन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक पनि मुछिएको भन्दै विपक्षी दलहरूले राजीनामाको माग गरेका छन्। विपक्षी दलले संसदमा अवरोध गर्दै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here