बिहीबार दिउँसो १ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका प्रतिपक्षी दलहरुसँग सहमतिको प्रयास सफल नभएपछि संसद बैठक स्थगित गरिएको हो ।

सहमति नजुटेपछि आजको बैठक स्थगित भएको हो । संसद सचिवालयले बैठक स्थगित गरिएको हो । मंगलबार पनि संसद बैठक बस्दै नबसी स्थगित भएको थियो । गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग राख्दै प्रतिपक्षी दलहरुले संसद बैठक अवरुद्ध गर्दै आएका छन् ।

सत्तापक्षका नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले भिजिट गृहमन्त्री लेखकले यो प्रकरणबारे संसदमा जवाफ दिन पाउनुपर्ने माग राखेका छन् भने माओवादी केन्द्र, रास्वपा लगायत दलले गतिरोध अन्त्य गर्ने भए पहिले राजीनामा दिनुपर्ने अडान राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here