अमेरिकाले खारेज गर्याे नेपालीलाई दिएको टीपीएस सुविधा, दुई महिनाभित्र फर्किन निर्देशन

काठमाडौं । अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गरेको छ ।

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटीले नेपालको अहिलेको अवस्थाबारे समीक्षा र अन्यसरकारी निकायबीच परामर्शपछि टीपीएस खारेज गर्ने निर्णय भएको यूएस सिटिजनसिप एण्ड इमिग्रेसन सर्भिसको वेवसाइटमा उल्लेख छ ।

नेपालका लागि टीपीएसको मान्यता ५ अगस्ट २०२५ को राति ११ः५९ बजे अन्त्य हुने भएकोमा अमेरिकामा बसेका नेपालीले त्यसअघि नै स्वदेश फर्किनुपर्नेछ । अमेरिकामा करिब ७ हजार नेपाली टीपीएसमा बसेकाछन्।

‘यदी तपाईं टीपीएस स्टाटसमा अमेरिका बसिरहनु भएको छ र यहाँ बस्ने अन्य वैधानिक आधार नभए नेपाल फर्किन तयार हुनुस्’, सूचनामा भनिएको छ, ‘अमेरिका छाड्ने मनसायभ एमा तपाईं सीबीपी मोबाइल एप पनि प्रयोग गर्न सक्नुपर्छ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अघिल्लो कार्यकालमा समेत टीपीएसमा बसेकालाई १२ महिनाभित्र नेपाल फर्किन समय सीमा तोकिएको थियो ।

नेपालमा सन् २०१५ मा आएको विनाशकारी भूकम्पलाई कारण देखाउँदै अमेरिकी सरकारले त्यसबेला विना कागजात बसेका नेपालीहरुलाई टीपीएस सुविधा दिएको थियो ।