युइएफए नेशन्स लिगको उपाधि पाेर्चुगललाई

पोर्चुगलले यस बर्षकाे युइएफए नेशन्स लिगको उपाधि जितेको छ। म्युनिखमा आइतबार राति भएको फाइनलमा पेनाल्टी सुटआउटमा स्पेनलाई ५-३ ले पराजित गरेकाे हाे । पोर्चुगलले दोस्रो पटक नेशन्स लिगको ट्रफी जितेको हो ।

२०२३ संस्करणका विजेता स्पेनले २१औं मिनेटमा मार्टिन जुबिमेन्दीको गोलबाट अग्रता लिएको थियो। स्पेनका लागि केल ओयार्जाबालले ४५औं मिनेटमा गोल गर्दै स्पेनलाई पुनः अग्रता दिलाए।

नुनो मेंडेसकाे १ र क्रिस्टियानो रोनाल्डोले ६१औं मिनेटमा गोल गर्दै पोर्चुगललाई २–२ को बराबरीमा ल्याए। तर नियमित समयको अन्त्यसम्म दुबै टोलीबीच अन्य कुनै फरक नदेखिएपछि पेनाल्टि सुटआउटमा गएकाे थियाे।

पेनाल्टी सुटआउटमा गोन्कालो रामोस, वितिन्हा, ब्रुनो फर्नान्डेज र नुनो मेंडेसले गोल गरे भने मोराटाको प्रयास गोलरक्षक कोस्टाले बचाए।

नेभेसले निर्णायक पेनाल्टी गोल गरेसँगै पोर्चुगल दुई पटक नेशन्स लिग उपाधि जित्ने पहिलो टोली बन्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here