सडकमा गाडी रोकेर सामान बिक्री गर्दा ४५ हजार जरिवाना

काठमाडौं । सडकमा गाडी रोकेर सामान बिक्री गर्ने ३ सवारीसाधन कारबाहीमा परेका छन्।

महानगर प्रहरी टोलीले वडा नम्बर १५ स्वयम्भूस्थित सवारी आवागमन तथा पैदल यात्रुलाई असहज हुने गरी सडक पेटी अतिक्रमण गरेर सामान बेचेको भन्दै १५ हजारका दरले ४५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।
काठमाडौं महानगरपालिकाले सडकमा सवारीसाधन रोकर सामान बेच्ने र सडक पेटीमा सामान बेच्दा कारबाही गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here