आइसिसी विश्वकप क्रिकेट लिग–२ :आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको आफ्नो चौथो तथा अन्तिम खेलमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ।

स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेटमैदानमा हुने उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ।

सिरिजका सुरूआती दुई खेलमा जितेको नेपाल पछिल्लो खेलमा नेपाल स्कटल्याण्डसँग दुई रनले पराजित भएको थियो। त्यसअघि नेपालले स्कटल्यान्डलाई एक र नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो।

यता नेदरल्यान्ड्स भने पहिलो जितको लक्ष्यमा रहेको छ। नेदरल्यान्ड्स स्कटल्यान्डसँग ४४ रनले पराजित भएको थियो। नेपाल १५ खेलमा १० अंकका साथ लिगको सातौं स्थानमा छ। नेदरल्याण्ड्स २२ खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अनिलकुमार शाह, बसीर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, नन्दन यादव, रिजन ढकाल र ललितनारायण राजवंशी छ्न। विभिन्न आठ टोली सहभागी लिग–२ सन् २०२७ सम्म चल्नेछ। यस लिगको अन्तिममा शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छ । त्यस्तै अन्तिममा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here