काठमाडौं । मंगलबार नेप्से परिसूचक २५.०७ अंक बढेको छ ।
सो वृद्धिपछि नेप्से २६७८ अंकमा कायम भएको छ । बजारसँगै कारोबार रकम बढेको छ । साेमबार ८ अर्ब ६८ करोडको कारोबार भएकोमा आज १० अर्ब १६ करोडको भएकाे हाे। आज १९६ कम्पनीको मूल्य बढ्दा ५२ को घटेकाे छ।
सेयर बजारका सबै सूचक बढेका छन्। जसमध्ये फाइनान्स सबैभन्दा धेरै ५.१२ प्रतिशत बढेकाे छ। त्यस्तै बैंकिङ ०.९३, विकास बैंक ०.७१, होटल तथा पर्यटन १.२८, हाइड्रोपावर ०.४६, लगानी ०.६८, जीवन बीमा १.०८, उत्पादन तथा प्रशोधन ०.२५, माइक्रोफाइनान्स ०.६१, निर्जीवन बीमा १.२६, अन्य १.५१ तथा व्यापार १.०७ प्रतिशत बढेका छन्।
आज दुई कम्पनी पियोर इनर्जी र श्री इन्भेस्टमेन्ट फाइनान्स १० प्रतिशत बढेका छन् । त्यस्तै समृद्धि फाइनान्सको ८.३८, जानाकी फाइनान्सको ६.९१, रिलायन्स फाइनान्सको ६.६७ प्रतिशत बढेका छन्।
आज रावा इनर्जीको ६.१४, ओम मेगाश्री फर्मास्युटिकल्सको ४.१०, नारायणी डेभलपमेन्ट बैंकको ३.६३ तथा उपकार लघुवित्तको २.६४ प्रतिशत मूल्य घटेकाे छ।