काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत (साइबर)को कसुरमा पक्राउ पुर्जी जारी भएको हाे।
पाठकविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उजुरी परेपछि ब्यूरोले पक्राउ पुर्जीका लागि काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको थियाे। त्यसपछि अदालतले पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
पाठकले केही समय अघि ‘टफ टक विथ दिलभूषण पाठक’ नामको युट्युब च्यानलमार्फत ‘हिलटन होटल र कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरबारे भिडिओ रिपोर्ट प्रसारण गरेकाेमा साे विरुद्ध उजुरि परेकाे थियाे।



























