अत्यधिक गर्मी बढेपछि चितवनका विद्यालय बन्द

चितवन । गर्मी अत्यधिक बढेपछि चितवनका दुई पालिकामा विद्यालय बन्द गरिएको छ । भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

भरतपुर महानगरपालिकाले २८-३० जेठसम्म र खैरहनी नगरपालिकाले २८ जेठमा विद्यालय बन्द हुने सूचना जारी गरेका छन् ।

चितवनमा आज दिउसाेकाे तापक्रम ३९ डिग्री पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here