डुइङ बिजनेस इन्डेक्सको विश्व र्‍याङ्किङमा नेपालको छलाङ

काठमाडौं, ७ कात्तिक । विश्व बैंकको डुइङ बिजनेस र्‍याङ्किङमा नेपालले सुधार गरेको छ ।

विश्व बैंकले सार्वजनिक गरेको डुइङ बिजनेस इन्डेक्सको सूचीमा गत वर्षभन्दा १६ स्थान सुधार गर्दै नेपालले कारोबार गर्नका लागि पहिलेभन्दा सहज देशको रुपमा आफुलाई स्थापित गरेको छ ।

विश्व बैंक समूहले १९० देशको अर्थतन्त्रको मूल्यांकन गर्दै जारी गरेको ‘२०२०’ रिपोर्टमा नेपाल विगतको ११० औं स्थानबाट ९४ औं स्थानमा उक्लिएको अध्ययनले देखाएको छ। विश्व बैंकले १९० वटा मुलुकमा गरेको अध्ययनमा १०० मा ६३.२० अंक प्राप्त गर्दै नेपाल ९४ औं स्थानमा उक्लिएको हो।

दुई वर्षअघि सन् २०१८ मा नेपाल १०५ औं स्थानमा रहेको थियो। गत वर्ष भने नेपालमा विद्यमान श्रम कानूनका कारण नेपालको व्यवसायिक वातावरणमा असर परेका थियो। यहि कारणले गत वर्ष नेपाल ५ अंक तल झर्दै ११० औ स्थानमा रहेको थियो।

दक्षिण एसियामा नेपालको पोजिसन तेस्रो छ । दक्षिण एसियामा पहिलो स्थानमा रहेको भारत विश्व सूचीमा ६३ औं स्थानमा छ। दोस्रो सूचीमा रहेको भुटान विश्वसूचीमा ८९ स्थानमा छ।

नेपालपछि श्रीलंका विश्व सूचीमा ९९ रहेको छ। दक्षिण एसियाको इन्डेक्समा सबैभन्दा पुछारमा रहेको अफगानिस्तान विश्व सूचीमा १ सय ७३ औं स्थानमा छ।

सर्वाधिक सुधार गर्ने विश्वका टप २० देशहरुमा भने नेपाल पर्न सकेन। सर्वाधिक सुधार गर्ने देशहरुमा चीन भारत, पाकिस्तान, साउदी अरब, जोर्डन, टोगो, बहराइन, ताजकिस्तान, कुवेत, नाइजेरियालगायत देश छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here