काठमाडौं । काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रोबस नागढुंगामा दुर्घटना भएको छ।
बा ३ ख ८६२९ नम्बरको माइक्रो शनिबार अपराह्न पौने चार बजे चन्द्रागिरि नगरपालिका-२ नागढुंगाको पिपलमोड नजिक दुर्घटना भएको हो। दुर्घटनामा परी चालकसहित १९ जना घाइते भएका छन्। गाडीमा चालकसहित २१ जना सवार थिए। घाइते भएकामध्ये १० जना भारतीय नागरिकहरू छन्।
उनीहरू उपचारका लागि बलम्बूस्थित एपिएफको अस्पताल ल्याइएकाे छ।