काठमाडौं । नेपालले आजदेखि बंगलादेशमा नियमित ४० मेगावाट विद्युत निर्यात थालेको छ ।
शनिबार रातीबाट विद्युत निर्यात थालिएको ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री दीपक खड्काले जानकारी दिए ।
बंगलादेशसँग विद्युत निर्यात गत वर्ष एक दिन मात्र विजुली औपचारिक रुपमा शुरु गरिएको थियो । तर अब नियमित रुपमा तेस्रो मुलुकमा विद्युत जाने छ । नेपालबाट भारतको ग्रिडमार्फत बंगलादेशमा विजुली पठाउन थालिएको हो ।
ऊर्जामन्त्री खण्डकाले बिहारलाई समेत ८० मेगावाट विद्युत निर्यात थालिएको बताएका छन् ।




















