र्यापर भिटेन किन परे पक्राउ ? यस्तो छ कारण

काठमाडौं, ७ कात्तिक । पछिल्लो समय युवा पुस्ताको रोजाईमा पर्दै आएका चर्चित र्‍यापर भिटेन पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार भिटेन भनिने समिर घिसिङ जाउलाखेलबाट पक्राउ परेका हुन् ।

उनको ‘हामी यस्तै त हो नि ब्रो’ बोलको गीतमा अपशब्द र समाजलाई भड्काउने खालका शब्दहरुको प्रयोग गरिएको कारण उनलाई पक्राउ गरिएको महाशाखाले बताएको छ ।

यसअघि महाशाखाले संस्कृति र परम्परामाथि नै आँच पुर्‍याउने गरी तिहारको देउसी भैलो गीत सार्वजनिक गरेको भन्दै दुर्गेश थापालाई पक्राउ गरेको थियो ।

उनलाई युट्युबबाट गीत हटाएर माफी मागेपछि महाशाखाले रिहा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here