काठमाडौं । सोमबार सेयर बजारमा उच्च कारोबार भएको छ । आज कुल १३ अर्ब १८ करोडको कारोबार भएकाे हाे। यो रकम करिब साढे ३ महिनायताकै यताकै उच्च हो । आइतबार ११ अर्ब ४४ करोडको कारोबार भएको थियो ।
कारोबार रकम उल्लेख्य बढे पनि नेप्से परिसूचक भने सामान्य बढेकाे छ । नेप्से परिसूचक जम्मा २.८० अंक बढेको हाे । सो वृद्धिपछि २६५८ मा कायम भएको छ । आज कारोबारमा आएका १२४ कम्पनीको मूल्य बढ्दा १२४ काे घटेकाे छ।
यस दिन होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ४.६९ प्रतिशत बढेकाे छ। त्यस्तै बैंकिङ ०.४८, विकास बैंक ०.२९, जीवन बीमा ०.१२, माइक्रोफाइनान्स ०.५९, निर्जीवन बीमा ०.२५ र व्यापार ०.०९ प्रतिशत बढे ।
आइतबार उच्च अंकले बढेको हाइड्रोपावर आज १.०० प्रतिशत घट्यो । फाइनान्स सबैभन्दा धेरै १.२२ प्रतिशत घट्यो अन्य ०.३३ तथा लगानी ०.१३ प्रतिशत घटेकाे छ।
आज पियोर इनर्जी र पिपुल्स पावरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ८.३७, सोल्टी होटलको ६.३०, ओरियन्टल होटलको ५.१३, बोटलर्स नेपाल बालाजुको ५.०९ प्रतिशत मूल्य बढ्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा सानिमा माइ हाइड्रोपावर, ङादी ग्रुप, बुटवल पावर, सिंगटी हाइड्रो इनर्जी र राधि विद्युत् छन् ।