ताेलामा २५ सयले घट्यो सुन

प्रतिकात्मक तस्विर

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा २ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ९५ हजार रुपैयाँ पुगेको हो।

साेमबार सुन प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेकाे छ। आज चाँदीको भाउ २ हजार १६० रुपैयाँमा झरेको छ । अघिल्लो दिन प्रतितोला २ हजार १६५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here