काठमाडौं । नारायणघाट- मुग्लिन सडकमा यातायात सञ्चालनमा आएको छ। सुक्खा पहिरो खसेर अवरूद्ध भएको सडक बलुका ४ बजेदेखि सञ्चालनमा आएको हो।
मंगलवार १२ बजे तुइन खोला पुल नजिकै सुक्खा पहिरो खसेपछि करिब साढे चार घण्टा राजमार्ग अवरूद्ध भएको थियो।
तुइन खोलामा नयाँ पुल निर्माण गर्ने क्रममा पहरो काटिएको स्थानबाट पहिरो खसेको थियो।