काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ९५ हजार ९ सय रुपैयाँ कायम भएको हो ।
आज चाँदीको मूल्य पनि प्रतितोला ६५ रुपैयाँले बढेकाे छ। आज चाँदि ताेलाकाे २ हजार २ सय २५ रुपैयाँ कायम भएको छ । मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला २ हजार १ सय ६० रुपैयाँमा कारोबार भईरहेको थियो ।























