काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
भारतीय नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानीलाई मंगलबार राति विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।
विमानस्थलको आगमन भन्सार एरियाको टनेलबाट १ किलो १५९ ग्राम सुनसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनी एयर अरेबियामार्फत शारजाहबाट काठमाडौं आएकी हुन्। उनकाे साथमा प्लाष्टिकले र्याप गरेका तीन वटा डल्ला अर्धठोस सुन भेटिएको हाे।























