काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले घटेकाे छ । आज नेप्से १.०७ अंकले घट्दै २६ सय ५३ को विन्दुमा झरेर बन्द भएको हो ।
आज कुल ३ सय १४ कम्पनीका २ करोड ३४ लाख ४६ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ८ करोड ५८ लाख ८६ हजार माथि पुगेको छ ।
आज कारोबारमा आएकामध्ये १ सय ५९ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा ८८ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ ।
५ समुहको परिसुचक उकालो लाग्दा बाँकी ८ समुहको परिसुचकमा गिरावट आएको छ ।
हाइड्रोपावर ०.७४, जीवन बीमा ०.१४, उत्पादन तथा प्रशोधन ०.३७ र अन्य समूह ०.१९ प्रतिशत बढे ।बैंकिङ ०.१२, विकास बैंक १.२५, होटल तथा पर्यटन १.१३, फाइनान्स ०.४६, माइक्रोफाइनान्स ०.५४, निर्जीवन बीमा ०.६२ तथा व्यापार समूह ०.१५ प्रतिशत घटे । दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा पियोर इनर्जी र जोशी हाइड्रोपावर छन् ।
पियोर इनर्जी प्रालिको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।युनियन हाइड्रोपावरको ९.२२, सिंगटी हाइड्रो इनर्जीको ८.०९ तथा पन्चकन्या माइ हाइड्रोपावरको ८.०५ प्रतिशत मूल्य बढ्यो ।