भारु २ सय र ५ सयका नोट चलाउने तयारी

काठमाडौं १, चैत । केन्द्रिय बैंकले २ सय र ५ सय दरका भारतिय नोट चलाउने तयारी गरेको छ । यसकालागि रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) बाट अनुमति पनि पाइसकेको छ ।

राष्ट्र बैंकले करिब तीन साता अघि आरबीआईलाई पत्र पठाएको थियो । त्यसको जवाफ आरबीआईले गत साता पठाएको छ । पत्रमा नेपालमा भारु २ सय र ५ सय दरका नोट भारतबाट नेपाल ल्याउन र नेपालमा चलाउन अनुमति दिएको छ । तर, नेपालबाट भारत लैजान तथा नेपालमा थुप्रिएका भारु सटहीका लागि भारत लैजान अनमुति दिएको छैन ।

करिब एक महिना अघि राष्ट्र बैंकले परिपत्र जारी गरी सय भन्दा ठूला दरका नोट चलनचल्तिमा नल्याउन निर्देशन दिएको थियो । त्यसको करिब एक महिना पछि फेरी ठूला दरका नोछ चलाउन लागेको हो ।

ठूला दरका भारु नोट चलनचल्तिमा नल्याउदा भारतबाट आउने पर्यटकको संख्या कम हुने र यसले भ्रमण वर्ष २०२० पनि प्रभावित हुने अनुमानका आधारमा राष्ट्र बैंकले फेरी चलाउन लागेको हो ।

यसकारण राष्ट्र बैंकले फेरी पत्राचार गरेर ती दरका भारतिय नोट नेपाल भारतबीच सहज ओसारपसार गर्न तथा नेपालमा थुप्रिएका भारु सटहीका लागि भारत लैजान अनमुति मागेको छ । यी कुरामा अनमुति दिएपछि मात्र ती दरका भारु चलनचल्तिमा ल्याइने राष्ट्र बैंकले जनाएको छ ।

‘नेपालमा ल्याउन मात्र पाइने, भारत लैजान र पछि सटही सुविधा नभएपछि सय भन्दा ठूला दरका नोट चलनचल्तिमा ल्याउनु हुदैन,’ राष्ट्र बैंक स्रोतले भने ।

भारत सरकारले यसअघि प्रतिवन्ध लगाएका ५ सय र हजार दरका भारु अझै सटही गरिदिएको छैन । भुटानमा रहेको भारु भने प्रतिव्यक्ति २५ हजारका दरले सटही गरिसकेको छ । हाल नेपालको बैकिङ प्रणालीमा करिब ५ करोड रुपैयाँ बराबरको भारु ५ सय र हजार दरका नोट छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here