घट्याे सुन र चाँदिकाे भाउ

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदी दुबैको मूल्य घटेको छ। बुधबार प्रतितोला नौ सय रूपैयाँ बढेको सुनको भाउ आज चार सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ९५ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार सुन प्रतितोला एक लाख ९५ हजार नौ सय रूपैयाँमा किनबेच भएको थियो।

यसैगरी, अघिल्लो दिन रेकर्ड राखेकाेमा बिहीबार चाँदीको मूल्य पनि घटेको छ।

आज चाँदीको मूल्य प्रतितोला दुई हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

बुधबार चाँदी प्रतितोला दुई हजार दुई सय २५ रूपैयाँमा कारोबार भएको थियो।