घटेर बन्द भयाे सेयर बजार, काराेबारमा भने वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबारकाे दिन आज सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २४.७६ अंक घटेको नेप्से २६२८ अंकमा कायम भएको छ ।

आज कारोबार रकम बढेको छ । अघिल्लो दिन ९ अर्ब ८ करोडको कारोबार भएकोमा आज ११ अर्ब २३ करोडको भएको हाे। आज जम्मा ४७ कम्पनीको मूल्य बढ्दा २०१ को घटेकाे छ।

बिहिवार व्यापार सबैभन्दा धेरै २.४७ प्रतिशत घट्यो । त्यस्तै बैंकिङ ०.५०, विकास बैंक १.१२, फाइनान्स ०.९३, होटल तथा पर्यटन ०.९६, हाइड्रोपावर १.३४, लगानी ०.७३, जीवन बीमा ०.४१, उत्पादन १.०१, माइक्रोफाइनान्स १.०६, निर्जीवन बीमा ०.३४ तथा अन्य समूह १.१२ प्रतिशत घटेका छन्।

बिहीबार पन्चकन्या माइ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेकाे छ। त्यस्तै मध्यभोटेकोशी जलविद्युत् कम्पनीको ५.५५, शिवश्री हाइड्रोको ४.०४, पाँचथर पावरको ३.५९ र आँखुखोला जलविद्युत् कम्पनीको ३.२३ प्रतिशत बढेकाे छ।

आज तीन कम्पनी पियोर इनर्जी, रसुवागढी हाइड्रोपावर र भूगोल इनर्जीको मूल्य १० प्रतिशत घटेको छ। त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ६.४४, सप्तकोशी विकास बैंकको ५.९० प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, बुटवल पावर, सिंगटी हाइड्रो इनर्जी, सानिमा माइ हाइड्रोपावर र राधि विद्युत् अगाडि रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here