विनयी खोलाले बगायाे यात्रुबाहक बस

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले यात्रुबाहक बस बगाएको छ ।

पूर्वबाट बर्दिया तर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस विहीबार राति करिब ११ बजेतिर बगाएको हो । बसमा तीन बच्चसहित ३८ जना यात्रु सबै यात्रुहरुको सकुशल उद्धार गरिएको छ।

बाढीले बगाएको बस करिब एक किलोमिटर तल फेला परेको हाे।
डाइभर्सन बगाएकाले यातायात अवरुद्ध छ । त्यस्तै दुम्किसबाट दाउन्नेतर्फको सडक हिलाम्य भएकाले गाडीहरू उकालो चढ्न नसकेर बिच बाटोमै अलपत्र छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here