लण्डनमा ट्रकभित्र मृत भेटिएका ३९ जना नै चिनियाँ नागरिक

लण्डन । बेलायतको लण्डनमा एक ट्रक भित्र मृत अवस्थामा भेटिएका ३९ जना व्यक्ति नै चिनियाँ नागरिक भएको खुलासा भएको छ ।

प्रहरीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यसको पुष्टि गरेका छन् । लण्डनको एसेक्समा एक ट्रक भित्र ३९ वटा लास भेटिएका थियो ।

प्रहरीले बिहीबार मात्र ट्रक बाट ति लास बाहिर निकालेर पोष्ट मार्टम गरेको छ । इतिहास कै सबैभन्दा रहस्यमय घटनाका रुपमा यसलाई लिइएको लण्डन पुलिसले बताएको छ ।

विश्व शक्तिसम्पन्न चिनियाँ नागरिकको सामूहिक हत्या कहाँ कसले गर्यो र उक्त ट्रक लण्डन आईपुग्यो भन्नेबारे प्रहरी अझै अनुसन्धानको क्रममा छ । मृतकको पहिचानमा भने अझै लामो समय लाग्ने प्रहरीले बताएको संचारमाध्यमले लेखेका छन् ।

बेलायतस्थित चिनियाँ राजदूत लियो शियामिंगले ट्वीट गर्दै चिनियाँ दूतावास नियमित बिट्रीस पुलिसको सम्पर्कमा रहेको बताएका छन् ।

ट्रक चलाइरहेका ट्राइभर मो रबिनसनलाई प्रहरीले पक्राउ गरेको छ । २५ वर्षिय ती ड्राइभरले चलाएको ट्रकमा ३१ पुरुष र ८ महिलाको लास भेटिएको हो । यस घटनामा अहिलेसम्म उनलाई मात्र दोषि देखिएको छ ।

यद्दपी उनका बुबाले भने आफ्नो छोरालाई फसाइएको भन्दै वास्तविक दोषिले उन्मुक्ति पाउन नहुने बताएका छन् ।

यस हत्याकाण्डको मामला सार्वजनिक भएसागै उत्तरी आयरल्याण्डका तीन स्थानमा प्रहरीले छापा मारेको छ ।

नेशनल क्राइम एजेन्सी कतै यो घटनामा कुनै आंतकवादी समूहको संलग्नता पो छ की भन्ने अनुसन्धानमा समेत जुटेको छ ।

ट्रक बेल्जियमको जेब्रूगबाट आएको बताइएको छ । ट्रक वाटरल्णड इंडस्ट्रियल पार्क क्षेत्रबाट बुधबार लाससहित पक्राउ परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here