टिपरको ठक्करबाट माेटरसाइकलमा सवार दुईकाे मृत्य

काठमाडौं । टिपरको ठक्करबाट रूपन्देहीमा दुई जनाको मृत्यु भएको छ।
रूपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ७, गरगट्टी चम्रौटी टोलको मोडमा टिपरले मोटरसाइकललाई ठक्कर दिएको हो।

बनगाईबाट मर्चवारतर्फ जाँदै गरेको लु २ ख २०७४ नम्बरको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको लु ४० प २३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जानकारी दिएकाे छ। दुर्घटनामा परी सम्मरीमाई रोहिनिहवाका २० वर्षीय समीर खान र कोटहिमाई ४जिल्ला का शिवनाथ ठाकुरको मृत्यु भएको हो।

मोटरसाइकलमा तीन जना रहेकाेमा एक जना घाइते भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here