लगानीकर्ता अन्योलमा रहँदा नेप्से स्थिर, काराेबार ६ अर्ब नजिक

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार स्थिर देखिएको छ । मांगलबार ०.२२ अंकले घटेको बजार बुधबार पनि ०.३३ अंकले घटेको हो ।

मौद्रिक नीति र चालु आवको विवरण नआएसम्म लगानी बढाउने वा घटाउने निर्णय गर्न नसक्दा सेयर बजारले गति लिन नसकेको लगानीकर्ता बताउँछन् ।

बुधबार नेप्से ०.३३ अंकले घटेर २६००.२० अंकमा झरेको छ ।

बुधबार १ सय १२ कम्पनीको सेयर मूल्य बढेको छ । त्यसमा पनि मोदी हाइड्रोपावर कम्पनी र तेह्रथुम हाइड्रोपावर कम्पनीको सेयर सबैभन्दा बढी बढेको छ। यी कम्पनिकाे मूल्य करिब १० प्रतिशतले बढेको हाे।

बुधबार नेप्से घटे पनि कारोबार रकममा भने समान्य सुधार आएको छ । नेप्सेमा ३ सय ११ कम्पनीको ६१ हजार ८ सय कारोबारबाट १ करोड ३७ लाख ५९ हजार कित्ता सेयर ५ अर्ब ९४ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ । मंगलबार नेप्सेमा ५ अर्ब ७६ करोड बराबरको सेयर कारोबार भएको थियो ।

बुधबार नेप्सेमा सबैभन्दा धेरै रकम बराबरको सेयर कारोबार हुने कम्पनीमा बुटबल पावर कम्पनी छ । बुधबार उक्त कम्पनीको ५३ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ ।

बुधबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ १.२९, वित्त ११.४१, लगानी ०.४३, उत्पादन १४.४३, माइक्रोफाइनान्स ९.९३, अन्य समूह ४.८१ र व्यापार ४५.११ अंकले घटेका छन् ।

यता विकास बैंक १.३३, होटल ९६.१९, जलविद्युत् २३.७१, जीवन बीमा ८.०१, सामूहिक लगानी कोष ०.०१ र निर्जीवन बीमा समूह १२.४५ अंकले बढेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here