प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक असारभित्रै पेश गर्न आग्रह

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक असार महिनाभित्रै प्रतिनिधीसभा पेश गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन् ।

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्ताे आग्रह गरेका हुन । गृहमन्त्री लेखकले सम्भव भएसम्म नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक पनि असार महिनाभित्रै समितिबाट पारित गरेर सदनमा पेश गर्ने वातावरण बनाइदिन समेत आग्रह गरेका हुन् ।

‘७० सालपछि प्रहरी कानून बनाउँदै छौं । यो मेरो र गृहमन्त्रालयको प्राथमिकताको विषय हो । विधेयक टुंगो लगाउन जति समय छलफलका लागि भन्नु हुन्छ हामी तयार छौं’उनले भने।

उनले सशस्त्र प्रहरी बलको विधेयक पनि महत्वपूर्ण नै रहेको बताउँदै सो विधेयक पनि टुंगो लगाउन समिति समक्ष आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here