बढ्याे सुनचाँदीको भाउ, कतिमा भइरहेकाे छ काराेवार!

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य बढेको छ। बुधबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला तीन सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ९२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार सुन प्रतितोला एक लाख ९२ हजार रूपैयाँमा किनबेच भएको थियो।

यसैगरी बिहीबार चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँ बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय ७५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। बुधबार चाँदी प्रतितोला दुई हजार एक सय ४० रूपैयाँमा कारोबार भएको थियो।