भारतीय मोडल तथा अभिनेत्री शेफाली जरीवालाको निधन

भारतीय मोडल तथा अभिनेत्री शेफाली जरीवालाको निधन भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेकाछन्। शेफाली अचानक राति ११ बजेतिर उनले छाती दुखेपछि उनका पति पराग त्यागीले उनलाई नजिकैको अस्पताल लगेका थिए । डाक्टरहरूले उपचार सुरु गर्नुअघि नै उनलाई मृत घोषित गरे।

परिवारबाट यसबारे आधिकारिक बयान भाे आएको छैन । शेफाली ४२ वर्षकी थिइन्। उनले अक्षय कुमार र सलमान खानसँग फिल्म ‘मुझसे शादी करोंगी’ मा काम गरेकी थिइन्।